Monday, August 27, 2012

स्वास्थ्य जीवनकोलागि बदाम !



बदाम वनस्पतिबाट प्राप्त हुने प्रोटिनको एउटा सरल र सस्तो स्रोत हो l स्वास्थ्यकोलागि निकै फाइदा दायक हुनुका साथै जमिन मुनि फाल्ने एउटा स्वादिलो फल हो बदाम l यसमा प्रोटिनको मात्रा माछा मासुमा भन्दा १.३ गुणा, अण्डामा भन्दा २.५ गुणा र फलफूलमा भन्दा ८ गुणा बढी हुन्छ l साथै १०० ग्राम काँचो बदामबाट १ लिटर दुधबाट प्राप्त हुने बराबरको प्रोटिनको मात्रा प्राप्त हुन्छ l बदाममा २५ प्रतिशत भन्दा बढी नै प्रोटिनको मात्रा हुन्छ l  यसले पाचन शक्तिलाई पनि सशक्त पार्नमा सहयोग गर्दछ l २५० ग्राम भुटेको बदाममा जति मात्रामा खनिज र विटामिन पाइन्छ, त्यति मात्रामा खनिज र विटामिन २५० ग्राम माछा मासु समेत पाईदैन l यहाँ तल बदामबाट स्वास्थ्यमा हुने फाइदाहरुको बिषयमा चर्चा गरिएको छ l

स्वस्थ्य्कोलागी बदामबाट हुने प्रमुख लाभहरु: -
१. बदाममा न्‍यूट्रियन्‍स, मिनरल, एंटी-ऑक्‍सीडेंट र विटामिन आदि पदार्थ पाइन्छ, जुन स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छन l
२. बदाममा मोनो इनसेचुरेटेड फ्याटी एसिड पाइन्छ, यसले LDL वा खराब कोलेस्‍ट्रललाई घटाउने र स्वास्थ्यकोलागि राम्रो (फाइदाजनक) कोलेस्ट्रललाई बढाउछ l
३. बदाममा प्रोटिन, चिल्लो र Fiber समेत पाइन्छ l एउटा अण्डालाई तिर्नु पर्ने मुल्य बराबरको पैसाले बदाम किनेर खाने हो भने, एउटा अण्डा र दुधको संयुक्त रुपमाबाट पाइने प्रोटिन र हिट भन्दा बढी प्राप्त गर्न सकिन्छ l
४. बदाममा पाइने प्रोटिन दुधमा पाइने प्रोटिन जस्तै हुन्छ भने चिल्लो घ्यूमा पाइने चिल्लो जस्तै हुन्छ l त्यसैले बदामको सेवन गर्नाले शरीरलाई आवश्यक दुध र घ्युको पर्याप्त मात्रामा पूर्ति हुन्छ l
५. एउटा अध्ययनले प्रमाणित गरे अनुसार, रगतमा भएको अत्यधिक ट्राइग्लासेराइडको मात्रालाई नियमित बदामको सेवन गर्नाले १०.२ प्रतिशत सम्म ट्राइग्लासेराइड घटाउन सहयोग गर्दछ l
६. हाम्रो गाउँ घरमा खोकी लागेको समयमा बदाम खानु हुदैन भनिन्छ, तर खोकी लाग्दा बदामको सेवन गर्नु निकै उपयोगी हुन्छ l बदामले शर्दिमा शरीरलाई आवश्यक ताप दिनुका साथै यसले फोक्सोलाई आवश्यक शक्ति प्रदान गर्दछ l
७. खाना खाएको केहि समय पछी ५० देखि १०० ग्राम सम्म नियमित बदाम सेवन गर्ने हो भने, यसले स्वस्थ्यलाई धेरै फाइदा पुर्याउनुका साथै खाना पचाउनमा ठुलो सहयोग गर्दछ l यसले शरीरमा भएको रगतको कमीलाई पूर्ति गर्छ l
८. दुब्लो र कम्जोर व्यक्तिले नियमित ५० देखि १०० ग्राम बदम खाना खाएको केहि समय पछी सेवन गर्नाले मोटाउनलाई ठुलो सहयोग गर्दछ l
९. बदाम स्वादिलो हुनुका साथै पोसिलो पनि भएकोले यसलाई साग सब्जी, खिर, खिचडी आदिमा मिसाएर नियमित खान सकिन्छ l
१०. बदाममा तेलको मात्र हुने भएकोले बायु बिकर जस्ता रोगहरुबाट जोगाउदछ l
११. दैनिक एक मुठी बदाम सेवन गर्नाले हाम्रो शरीरलाई चाहिने पोशक तत्वहरु प्राप्त गर्न सकिन्छ l बदाममा भिटामिन K, E र B प्रसस्त मात्रामा पाइन्छ l
१२. बदामले पाचन शक्ति बढाउद छ, यो रुचिकर पनि हुन्छ, तर यसको अधिक सेवनले गरम प्रकृतिको व्यक्तिहरुलाई वेफाइदा पनि गर्दछ l
१३. कुनै पनि कुराको अधिक सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ l त्यस्तै बदाम पनि ज्यादा खानाले पित्त बढ्छ l यसले गर्दा यस बिषयमा बिशेष ध्यान पनि पुर्याउनु पर्दछ l