Monday, April 16, 2012

न्यु रोडमा भुत आयो ! न्यु रोडमा भूतले एक जना मान्छेलाई चड्कन हान्यो !


कुरा अचम्म को छ l सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्नसक्छ l तर कुरा सत्य हो, आज दिउसो न्युरोडमा, अझ भनौ काठमाडौँ को प्राय शहरी क्षेत्रमा यस कुराले ठुलो चर्चा पायो, की एक जनालाई न्युरोडमा भूतले मजाले चड्कन मरेछ l साथै यसै कुरा संग जोडिएर आर्को कुरा पनि बजारमा आयो, त्यो हो एउटा पसलको सटर १० औं जनाले पनि उचाल्न (खोल्न) सकेनन रे l अनित के चाहियो पुरा न्युरोड भरी त्यसरी १० औं मानिसले खोल्न नसकेको सटर हेर्न हजारौ मानिसहरुको भिड एकै छिनमा थुप्रियो l मानिसहरु सबै आफ्नो टाउको ढल्काएर एसो माथि नियाल्दै थिए l एक दुइले त्यसो गरेको देखेर अर्को छेवैकोले सोधिहाल्यो के भयो, के हेरेको, त्यो सुनेर माथि नियालेर हेर्नेले जवाफ दियो खोइ अगी यहाँ एकजनालाई भूतले चड्कन हनेछ, अनि उ त्यो सटर पनि १० औं जनाले मिलेर खोल्न सकेनन यो सबै त्यहिँ चड्कन हान्ने भूतले गरेको रे l अनि त्यो  पछिल्लो व्यक्ति पनि नखोलिएको सटर हेर्दै चड्कन हान्ने भुत देखिन्छाकी भनेर सबैले जस्तै आफ्नो टाउको ढल्काएर माथि हेर्न थाल्यो l यसरी हजारौ मानीसहरु त्यहाँ जम्मा भएर भुत खोज्दै थिए l तर भूतले चड्कन कसलाई हान्यो त्यो व्यक्ति को हो कसैको चासोको बिषय थिएन l 
यसरी आज दिउसो न्युरोड पुरा जाम भएको थियो l यहि हल्ला चारै तीर फैलिएको थियो l न्युरोडमा भूतले एकजनालाई चड्कन हान्यो l तर कसलाई यो चाही सायद कसैले  थाहापाएका थिए l 
कुरा येति हो भएको, अब यो साँचो हो की झुटा त्यो त मलाई पनि थाहा छैन l अब मानीसहरु भन्छन भुतैले चड्कन हानेको, तर म सोध्छु के देउताले चड्काएको हुन् सक्दैन र ? अब मानिसहरुले खुब बदमासी र फट्याई गरेको देखेर देउतालाई समेत रिस उठेर त्यसरी चड्काएको हुन् सक्दैन र ? कुरा जे भए पनि जेहोस हामी नेपालीहरु सारै फुर्सदिला छौ, त्यसैले येस्ता नचाहिदा कुराको पछी मात्रै लाग्छौ तथ्य कुरै नबुझी l 
त्यसै सन्दर्भमा यहाँ केहि प्रस्नहरु:
१. के त्यो संचिकै भूतले मान्छेलाई चड्कन हानेकै हो त ?
२. हो भने त्यो भुतको चड्कन खाने मान्छे खोइ को हो त ?
३. के अहिले को २१ औं सताब्दिमा पनि भुत भेटिएला र ?
४. के १० औं जनाले खोल्न नसकेको सटर भुतैले बन्द गरेको हो त ?
५. त्यो सटर कतै जाम वा लक् अड्किएर खोल्न नसकेको होइन होला र ?
६. के यो सब कुनै संगठित अपराधिक समुहले गरेको हुनसक्दैन र, लुटपाट गर्न ?
७.  यसमा सम्बन्धित सुरक्षानिकायले पनि चासो राख्नु पर्दैन र सुरक्षाको लागि ?
८. सचेत नागरिकहरुले यस्तो अवस्थामा कस्तो भूमिका निभाउनु पर्छ ?

Wednesday, April 11, 2012

आज इन्डोनेशियामा ८.७ रेक्टरस्केलको भूकम्प

इंडोनेशियाको  सुमात्रा द्वीपमा आज बुधबार दिउसो ठुलो भूकम्प को धक्का महसुस गरिएको थियो l भूकम्पको प्रभाब धेरै देशहरुमा परेको थियो l इन्डोनेशिया, नेपाल, भारत, अष्ट्रेलिया सहित २८ देशहरुमा आज यो भूकम्पको धक्का महसुस  गरिएको थियो l इन्डोनेशिया लगाएत २८ देशहरुमा सुनामीको चेतावनी समेत जरिगरिएको थियो, तर यो चेतावनी पछी फिर्ता लिइयो l  
भूकम्पको केन्द्र इन्डोनेशियाको सुमात्रा द्विपको आशपास जमिनदेखी ३३ किलोमिटर मुनि रहेको थियो l भूकम्प ८.७ रेक्टरस्केलको थियो र यसबाट ठुलो जनधनको क्षेती हुनसक्ने आशंका गरिएको छ l  यो भूकम्प इन्डोनेशियाको इतिहासमा ८ औं सबैभन्दा ठुलो हो l आजको भूकम्प कति शक्तिशाली थियो भन्ने अनुमान नेपाल, भारत, अष्ट्रेलिया लगायत २८ देशमा भूकम्पले बेस्सरी जमिन हल्लाएको थियो l 
२६ डिसेम्बर २००४ मा सुमात्राको किनारमा ९.२ रेक्टरस्केलको भूकम्प गएको थियो र त्यसपछि आएको विनाशकारी सुनामीले दक्षिण एशियामा ठुलो विनाशलिला रचेको थियो l साथै त्यस सुनामीको प्रभाबबाट  २,२०,००० मानिसले प्रण गुमाएको थियो l त्यस्तै अघिल्लो बर्ष जापानमा ९ रेक्टरस्केलको भूकम्प पछी आएको सुनामीले गर्दा जापानले परमाणु विपत्तिको सामना गर्नु परेको थियो l 
इन्डोनेशियामा भूकम्पको पहिलो प्रमुख धक्का पछी अहिले केहि समय अगाडी पनि ८.१ रेक्टरस्केलको भूकम्पको धक्काको महसुस गरिएको थियो l 
भूकम्पबाट अहिले सम्म कतैबाट केहि क्षति भएको खबर आइपुगेको छैन l