Sunday, August 28, 2011

बि डी त्यागी स्मृति पुरष्कार सम्मान समारोह

शुक्रबार, ९ भाद्र, २०६८ का दिन सिनामंगल स्थित The Garden Restaurant मा एउटा अविश्मरणीय कार्यक्रम बि डी त्यागी स्मृति सेवा केन्द्रले आयोजना गरेको थियो, बरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाको प्रमुख आतिथ्य र बरिष्ठ उपन्यासकार तथा सिम्पल आर्टसका अध्यक्ष शंकर भारतीको सभापतित्वमा साहित्य स्रष्टाहरुलाई बि डी त्यागी स्मृति पुरष्कार सम्मान समारोह . जुन समारोहमा चार जना साहित्य स्रस्टाहरुलाई सम्मानित गरिएको थियो . साहित्यकार मोहन कुमार श्रेष्ठ, श्रीराम श्रेष्ठ, नर प्रसाद धिताल र बालगोबिन्द राजभण्डारीलाई नगद तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो . २०६० सालमा स्थापना भइ २०६१ साल देखि निरन्तररुपमा साहित्य स्रष्टाहरुलाई यसरि पुरस्कार तथा सम्मान गर्दै आइ रहेको छ   बि डी त्यागी स्मृति सेवा केन्द्रले . उक्त समारोहलाई सोहि सेवा केन्द्रका महासचिब निवन्ध आचार्यले निकै रमाइलो र रोचकतका साथ संचालन गरेका थिए . 
सरकार र प्रज्ञा प्रतिष्ठान जस्ता सस्थाले राष्ट्रका धरोहर साहित्यकारलाई गर्नु पर्ने कार्य यसरी गरेकोमा प्रज्ञा प्रतिष्ठानका कुलपतिको हैसियतले बरिष्ठ साहित्यकार काईलाले बि डी त्यागी स्मृति सेवा केन्द्र  लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा साहित्यकार बि डी त्यागीका सुरक्षित  तर अप्रकाशित कृतिहरुलाई पाठक समक्ष ल्याउन सहयोग गर्ने बचन समेत दिनुभएको थियो .  
त्यस्तै सम्मानित स्रष्टाहरुले पनि आफुलाई सम्बन्धित निकायले नचिने पनि यस्तो बि डी त्यागी स्मृति सेवा केन्द्र जस्तो सस्थाले गर्दा नै आफुलाई यस क्षेत्रमा लाग्न र अझै केहि गरौ भनि उत्प्रेरित गरेको कुरा उल्लेख गरेका थिए . 
प्राय नेपालीहरुको खाजा समयमा कार्यक्रमको अन्त्य भएकोले आयोजकले सबै सहभागीहरुलाई मिठो खाजाको समेत व्यवस्था गरेको थियो .