Thursday, February 10, 2011

केटीलाई माया गर्नु हुन्छ ? तर....

यदि तपाई कुनै केटीलाई मनपराउनु  हुन्छ, उसलाई दिलोज्यानले मनपराउनु हुन्छ तर उस सामु आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने तलका यी कुराहरुलाई ध्यान दीदा तपाईको काम बन्न सक्छ ।
तपाईला
ई आफ्नो स्कुल, कालेज वा आफिसमा कोई केटी मन पारेको छ र उस लाई प्रपोज गर्न चाहानु हुन्छ तर भन्न वा प्रपोज गर्न सक्नु भएको छैन भने पहिले उ संग साधारण गफ गर्न शुरू गर्नु पर्छ ।
यदि तपाई ग्रुपमा घुम्न जादै हुनुहुन्छ भने आफुले मन पराएको केटीको छेउछाऊमा नै रहनु होला, अनी कोशिश गर्नुहोस उसको    गुड फ्रेंड बन्ने र उसलाई हरेक कुरामा मदत गरेर आत्मीयता बढाउने । यदि यसरी उसंग राम्रों  मित्रता हुन्छ भने उसलाई चिया काफी पिउन निमंत्रणा दिनुस वा कुनै एक्जिवेशन हेर्न इन्भाईट गर्नुहोस । यस्तोमा तपाईले बिस्तारै आफ्नो मनको कुरा भन्न सक्नु हुन्छ।
तपाई उसंग कतई घुम्न जादा, एकदम नर्वस नहुनुहोस । त्यस्तो बेलामा तपाई उसलाई खुबै मन पराउनु हुन्छ भन्ने देखाउनु होस ।
तपाई पहिलो चोटी कतै घुम्न जादा के लगाएर जानु हुन्छ यसमा ध्यान दिएर आफुले लगौने ड्रेस घडी जुत्ता आदि छान्नुहोस । तपाईको यी कुराहरूले तपाईको ब्यक्तित्वलाई  खुलासा गर्छ र फेरी फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन  भनिन्छ नि ।यस्तो कार्यक्रममा जादा तयार हुनु पहिले नुहाऊदा बेस हुन्छ । यस ले तपाई लाई फ्रेश देखिन मदत पुरयौदछ । र राम्रो बासना आउने पर्फ्यूम पनि तपाई यूज गर्न नाबिर्सनुस । तर कडा बासना आउने पर्फ्यूम कदापि यूज नगर्नु होला ।


आफ्नो लुक्स राम्रो बनाउन कपाल राम्रोसंग मिलाएर सेट गर्नुहोस, यसकोलागि तपाई राम्रो जेल प्रयोग गर्न सक्नु हुनेछ । मिल्छ भने एक चोटी राम्रो संग हैर ड्रेसर संग कपाल मिलाऊन लगाउनुहोस । यसले तपाईलाई फ्रेश लुक्स दिन्छ ।


यदि तपाईको यो पहिलो भेट हो भने केटी संग कुनै पनि पर्सनल प्रश्नहरु सकेसम्म काम सोध्नु होला । यसले उनीलाई सहज हुन सहयोग गर्दछ ।
कतै रेस्टुरामा खाना खाने बेलामा उनको सल्लाह लिनुहोस, तर त्यसको लागि बढ़ी जोड़ नगर्नुहोस ।
तपाईले भेटी सकेपछि उनलाई नाबिर्सी फोनमा वा म्यासेज पठायेर आफुले निकै रमाइलो अनुभब गरेको कुरा प्रकट गर्नुहोस ।
तर आफ्नो प्रेम प्रस्ताब राख्न सक्नु भएको छैन भने ......