Tuesday, January 1, 2013

सन् 2012 को टप फिल्म, हिरो, हिरोइन - बलिउड









सन् 2012 भारतीय सिनेमा उद्योगकोलागि राम्रो  बर्षमा गणना गर्न सकिन्छ । यस बर्ष पनि भारतीय सिनेमा उद्योगमा बिगतमा जस्तै धेरै चलचित्रहरु निर्माण भएर प्रदर्सित भए । जसमा केहि चलचित्रहरुको आम्दानीले पुरै बलिउड (भारतीय सिनेमा उद्योगको एक प्रमुख शहर) मा तहल्का नै मचायो । आमदानीको हिसाबले सन् 2012 ले निकै रेकर्डहरु बनायो भन्दा फरक नपर्ला । भारतीय सिनेमा उद्योग तथा यस उद्योग संग सम्बन्धित सबै र चलचित्र प्रेमी दर्शकहरुले सन् 2012 लाई धेरै कुराले गर्दा पछी सम्म सम्झिरहने छन् । सन् 2012 मा प्रदर्शित चलचित्रहरुमा केहिलाई दर्शकहरुले खुबै रुचाए, केहीलाई मनपरायेनन, केहि फिल्मले अत्याधिक आम्दानी गरे भने केहिले निर्मातालाई कंगालै बनायो । भने केहि हिरो हिरोइनलाई सर्वच्च उचाइमा पुर्यायो भने केहि हिरो हिरोइनलाई गुमनाम नै बनाइदियो । यसै सन्दर्भमा सन् 2012 मा भारतीय सिनेमा उद्योग बलिउड संग सम्बन्धित केहि रोचक प्रसंगहरु यहाँ उल्लेख गरिएको छ  ।

सबै भन्दा पहिले कुरा गरौ सन् 2012 मा प्रदर्शित फिल्महरुको: यस बर्ष सबै भन्दा सफल र धेरै आमदानी गर्ने चलचित्रमा अधिल्लो वर्षको झैँ सलमान खान अभिनित चलचित्र एकथा टाइगर हो ।  यो चलचित्रले कुल 199.2 करोड कमायो । सन् 2012 मा सबै भन्दा बडी कमाउने १० चलचित्र निम्नप्रकारका छन्:
क्र.सं.  चलचित्र                                      कमाई
१      एकथा टाइगर                                199   करोड भन्दा बढी
२      रोउडी राठोर                                   131   करोड भन्दा बढी
३      बर्फी                                              124   करोड भन्दा बढी
४     अग्निपथ                                       123   करोड भन्दा बढी
५     जब तक हैं जान                              122   करोड भन्दा बढी
६     हाउसफुल 2                                    114   करोड भन्दा बढी
७     सन अफ सरदार                             105   करोड भन्दा बढी
८     बोल बच्चन                                    102   करोड भन्दा बढी
9     तलास                                              93   करोड भन्दा बढी
१०  ओह माई गड                                     80   करोड भन्दा बढी

सन् 2011 मा टप 10 लिष्टमा परेका 2/3 चलचित्रले मात्र 100 करोड भन्दा बढीको व्यापार गरेको थियो भने सन् 2012 मा त्यो संख्या 9 पुगेको छ ।माथिको लिष्टमा दबंग 2 लाई समावेश गरेको छैन, किनकि त्यो फिल्म अहिले चलिरहेको छ र त्यसले 166 करोड भन्दा बढीको व्यापार प्रदर्शनको छैठौ दिनमै कटाई सकेको थियो। दबंग 2 अझै राम्रोसंग चलिरहेकोले त्यसलाई कुन स्थानमा राख्ने भनेर यहाको लिष्टमा समावेश नगरेको हो ।

बलिवुडमा सन् 2012 मा कमाईको हिसाबले टप 10 भित्र नपरे पनि स्तरिय निर्देशन, प्रस्तुति, अभिनय, कथा, पटकथा आदिका कारण थुप्रै चलचित्रहरुले राम्रो व्यापार गरेर निर्मातालाई राम्रै मुनाफा दिलाउन र आम दर्शकहरुका साथै फिल्म समिक्षकहरुको मन जित्न पनि सफल भएका चलचित्रहरु निम्न प्रकारका छन:
क्र.सं.  चलचित्र                            कमाई
1.      स्टुडेन्ट अफ द यर            70 करोड भन्दा बढी
2.      काहानी                            59  करोड भन्दा बढी
3.      इसकजदे                         47  करोड भन्दा बढी
4.      हिरोइन                           44  करोड भन्दा बढी
5.      बिक्की डोनर                   41  करोड भन्दा बढी
6.      एङ्ग्लिश विङ्ग्लिश        40  करोड भन्दा बढी
7.      फरारी कि सवारी             29  करोड भन्दा बढी
8.      ग्यांग अफ वास्सिपुर 1    18  करोड भन्दा बढी
9.      ग्यांग अफ वास्सिपुर 2    17  करोड भन्दा बढी
10.    पानसिंग तामोर               15 करोड भन्दा बढी
       
दर्शकहरुबाट रुचाइएको र फिल्मले गरेको ब्यापारको आधारमा हिन्दि फिल्मका नायक नायिकाहरुलाई निम्नानुसार पहिलो देखि क्रमै संग राखिएको छ:
नायकहरु :
1. अक्षय कुमार:  सन् 2012 मा अक्षय कुमारको Rowdy Rathore, Housefull2,OMG, Khiladi786 र Joker गरि 5 फिल्म प्रदर्शनमा आए, त्यस मध्ये Joker फ्लप भयो र बाँकि सबै हिट तथा सुपरहिट भए । सन् 2012 मा अक्षयको फिल्महरुले कुल भा.रु. 415 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष अक्षय नम्बर 1 मा रहन सफल भए।

2. सलमान:  सन् 2012 मा सलमान खानको Ek Tha Tiger र Dabangg2 गरि 2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट भए । सलमानको दबंग 2 यसै महिनाको  अन्तिम हप्ता प्रदर्शनमा आएको थियो र अझै प्रदर्शित नै छ र यस फिल्मले प्रदर्शनको छ दिन भित्रै एक करोड भन्दा बढीको व्यापार गरिसकेको छ । सन् 2012 मा सलमानको फिल्महरूले कुल भा.रु. 365 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष सलमान नम्बर 2 मा रहन सफल भए।

3. अजय:  सन् 2012 मा अजय देवगणको Bol Bachchan र Son of Sardaar गरि  2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म हिट तथा सुपरहिट भए ।  सन् 2012 मा अजयको फिल्महरूले भा.रु. 207 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष अजय नम्बर 3 मा रहन सफल भए।

4. रणबीर :  सन् 2012 मा रणबीर कपुरको मात्र एउट़ा फिल्म Barfi प्रदर्शनमा आयो । त्यस फिल्म र उनको  अभिनयको खुबै तारिफ गरियो र सबैले मनपराए । सन् 2012 मा रणबीरको फिल्मले  भा.रु. 124 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष रणबीर नम्बर 4 मा रहन सफल भए।

5. ह्रितिक :  सन् 2012 मा ह्रितिक रोशनको एउटा मात्र फिल्म Agneepath प्रदर्शनमा आयो । यो फिल्म 80 को दशकको अमिताभ बच्चनको फिल्म Agneepath को रिमेक थियो । फिल्ममा ह्रितिकको अभिनयलाई सबैले मनपराये र फिल्म लाई  पनि । यो फिल्मले भा.रु. 123 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष ह्रितिक नम्बर 5 मा रहन सफल भए।

6.  शाहरुख : सन् 2012 मा शाहरुख खानको एउटा मात्र फिल्म Jab Tak Hain Jaan प्रदर्शनमा आयो। यो यश चोपडा निर्देशित अन्तिम फिल्म भएकोले पनि प्रदर्शन अगाडी निकै चर्चित बनेको थियो। यो फिल्मले चर्चा भए अनुरुप् व्यापार नगरे पनि शाहरुखको अभिनय र फिल्मको चौतर्फी प्रसंसा भएको थियो। तै पनि शाहरुखको यस फिल्मले भा.रु. 122 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष शाहरुख नम्बर 6 मा रहन सफल भए।

7.  शेफ :  सन् 2012 मा शेफअली खानको Cocktail र Agent Vinod गरि 2 फिल्म प्रदर्शनमा आयो। Cocktail हिट भयो भने Agent Vinod ले औसत व्यापार मात्रै गर्यो। सन् 2012 मा शेफको फिल्महरूले कुल भा.रु. 116 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष शेफ नम्बर 7 मा रहन सफल भए।  

नायिकाहरु :
1. सोनाक्षी :  सन् 2012 मा सोनाक्षीको Rowdy Rathore, Son of Sardaar र Dabangg 2 गरि 3 फिल्म प्रदर्शनमा आए र सबै हिट तथा सुपरहिट भए । सन् 2012 मा सोनाक्षीको फिल्महरुले कुल भा.रु. 350 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष सोनाक्षी 1 मा रहन सफल भइन ।

2. कट्रिना :  सन् 2012 मा कट्रिना कैफको Ek Tha Tiger र Jab Tak Hain Jaan गरि 2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट र हिट भए । यश चोपडा निर्देशित Jab Tak Hain Jaan र Ek Tha Tiger मा कट्रिनाको खुबै तारीफ गरियो। सन् 2012 मा कट्रिनाको फिल्महरूले कुल भा.रु. 330 करोड भन्दा बढीको व्यापार गरेको थियो ।  यसैको आधारमा यस बर्ष सलमान नम्बर 2 मा रहन सफल भइन ।

3. प्रियंका :  सन् 2012 मा प्रियंका चोपडाको Agneepath र Barfi गरि  2 फिल्म प्रदर्शनमा आए र दुवै फिल्म सुपरहिट भए र दुवै फिल्ममा प्रियंकाको अभिनयको खुब तारीफ गरियो। सन् 2012 मा प्रियंकाको फिल्महरूले भा.रु. 247 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष प्रियंका नम्बर 3 मा रहन सफल भइन ।

4. करिना :  सन् 2012 मा करिना कपुरको Heroin र Talaas गरि 2 फिल्म प्रदर्शनमा आए। Heroin मा करिनाले गरेको अभिनयबाट खुबै प्रशंसा बटुलिन र केहि नाफा पनि निर्मातालाई दिलाउन सफल भयो। तर Talaas हिट भयो र अझै चल्दैछ। सन् 2012 मा करिनाको फिल्महरूले भा.रु. 137 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष प्रियंका नम्बर 4 मा रहन सफल भइन ।

5. बिध्या :  सन् 2012 मा बिध्या बालनको एउटा मात्र फिल्म Kahaani प्रदर्शनमा आयो र हिट पनि भयो । यो फिल्म र यसमा बिध्याले गरेको अभिनयलाई सबैले मनपराए । यो फिल्मले भा.रु. 59 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष बिध्या नम्बर 5 मा रहन सफल भइन ।

6.  श्रीदेवी : सन् 2012 मा श्रीदेविले English Vinglish फिल्मबाट पुनरागमन गरेकी हुन्। धेरै समय पछि पनि दर्शक हरुको भरपुर माया बटुल्न सफल भइन र फिल्म पनि हिट भयो ।  यो फिल्मले भा.रु. 40 करोड भन्दा बढीको व्यापार गरेको थियो। यसैको आधारमा यस बर्ष श्रीदेवी नम्बर 6 मा रहन सफल भइन ।

7.  रानी :  सन् 2012 मा रानी मुखर्जीको एउटा मात्र फिल्म Talaas प्रदर्शनमा आयो,   हिट पनि भयो र अझै पनि चलिरहेको छ। फिल्म र नायकको जति चर्चा भयो, त्यस अनुरुप नायिकाको त्यति चर्चा भएन।  सन् 2012 मा रानीको फिल्मले कुल भा.रु. 93 करोड भन्दा बढीको व्यापार गरेको थियो, तर क्रेडिट सबै नायकले लिए । त्यसैले गर्दा यस बर्ष रानी नम्बर 7 मा रहन सफल भइन ।  

Monday, October 22, 2012

King of Romance....यश छोप्रा अब रहेनन् l

भारतीय चलचित्र उद्योगका महापुरुष निर्माता/निर्देशक यश चोप्राको 80 वर्ष को उमेरमा हिजो 21 अक्टोबर 2012 आइतबारका दिन निधन भयो  l यश चोप्राले आफ्नो जीवन-कालमा भारतीय चलचित्र उद्योगलाई थुप्रै सफल तथा अविश्मरणिय चलचित्रहरु दिएर गए l  यश चोप्रा  King of Romance को उपनामले समेत चिनिन्थे l यिनिद्वारा निर्देशित निर्मित रोमान्टिक हिन्दी चलचित्रले गर्दानै राजेश खन्ना, अमिताभ बच्चन, शहारुख खान आदी कलाकारहरु सुपरस्टार बन्नमा ठुलो भूमिका थियो भन्दा फरक नपर्ला l 
भगवान संग उनको आत्मालाई चिर शान्तिको प्राप्तिकालागि प्रार्थना गर्दछौ  l


Tuesday, October 16, 2012

बडा दशैं - महान चाड एक परम्परा

 आज नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना l आज देखि विधिवत रुपमा दशैं को शुभारम्भ भयो l सबै नेपालीले आ आफ्नो घर घरमा जमरा रोपी घडा स्थापना गरेर नवदुर्गा भवानीको पुजा अर्चना गरेर दशैंको पहिलो दिन मनाए l यसरी आज रोपेको जमरालाई सधैं झिसमिसेमा याने सुर्य उदाउनु अगावै पुजा आजा गरि जल चढाई नवदुर्गा भवानीको पुजा गरि उनैको महिमा पाठ गरिन्छ l नौ दिन सम्म यसरी पुजा आजा गरि उम्रेको जमरा दशौँ दिनमा नवदुर्गा भवानीको पर्सादको रुपमा टिका संगै ग्रहण गरिन्छ l दशैंको सातौं दिन सप्तमी यानी फूलपातीको दिनमा हनुमान  ढोकामा अवस्थित मुख्य जमरा घरमा गोरखा देखि लेराएको फूलपाती भित्र्याईन्छ, यसका साथै सबै नेपालीहरुले पनि आ आफ्नो घरको जमरा रोपेको पुजा कोठामा फूलपाती भित्रयाउछन् l 

अनि अष्टमी र नवमी यस दिनहरुमा प्राय सबै नेपालीहरुले आ आफ्नो गच्छ्य अनुसार खसी, बोका, च्यांग्रा, राँगा, कुखुरा, हाँस आदि नवदुर्गा भवानीलाई बलि दिने परम्परा रही आएको छ l त्यसरी बलि दिएको पशु पन्छीको मासु नवदुर्गा भवानीको पर्सादको रुपमा ग्रहण गर्ने परम्परा रहिआएको छ l 

दशैंको दसौं दिन, यस दिनलाई असत्य माथि सत्यको विजय, नराम्रो माथि राम्रोको विजय, दुर्गा भवानीले दैत्यहरु माथि विजय हासिल गरेको दिन, त्यस्तै भगवान श्रीरामले रावण माथि विजय गरेको दिनको रुपमा विजयादशमीको रुपमा हर्षोल्लासका साथ आफु भन्दा मान्यजनबाट नवदुर्गा भवानीको परसादको रुपमा टिका र जमरा लगाइन्छ l आफ्नो मान्यजनको घर घरमा गएर टीका लगाउने र आशिर्वाद लिने परम्परा रहिआएको छ l 




 
दशैंलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा पनि बुझिन्छ l
दशैंको घटस्थापना देखि नवमी सम्मको अवधिलाई नवरात्रिको रुपमा पनि चिनिन्छ l यस अवधीमा भक्तजनहरु बिहान झिसमिसेमै सुर्य नउदाउदै दुर्गा भवानीको मन्दिर र बिभिन्न शक्तिपिठारुमा गएर पुजापाठ गर्छन l  

यसरी सम्पूर्ण नेपालीहरुले हर्षोल्लासका साथ आफ्नो गच्छ्य अनुसार मिठो मसिनो खाएर, राम्रो लगाएर, मान्यजनबाट दुर्गा भवानीको पर्साद र आशिर्वाद लिएर दशैं मनाउने परम्परा रहिआएको छ l
दशैंमा चारैतिर छरिएर रहेका परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाउमा जम्मा भएर मनाउने समेत परम्परा छ l 
 

Thursday, September 13, 2012

नेपालीको उत्कृष्ट प्रदर्शन - क्रिकेट


सर्वप्रथम बधाई छ! नेपाली राष्ट्रिय क्रिकेट टिमलाई l
बिश्व क्रिकेट लिग डिभिजन ४ को प्रतियोगितामा सम्पूर्ण खेलमा बिजयी भएर उपाधिको साथमा बिश्व क्रिकेट लिग डिभिजन ३ मा पुग्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको चारै तीर वाहवाही र भब्य स्वागत भएको थियो l यो साताभरी नेपाली खेलकुद प्रेमी बीच यसै प्रतियोगिताको चर्चा परिचर्चा सेलाउन पाएन l खेलकुदको क्षेत्रमा सरकारी उदासिनताका वाबजुद जतिनै लगानी गरेपनि खेलकुद परिषद्का पदाधिकारीहरुको र उनीहरूमाथि बिभिन्न पार्टीहरुले गर्ने राजनीति र स्पष्ट नीति नियमको अभावमा खेलकुदमा जति जे गरेपनि प्रतिफल सुन्य जस्तै भैरहेको अवश्थामा, विश्व क्रिकेटमा नेपाली क्रिकेट खेलाडीहरुले प्राप्त गरेको यो सफलताले एक पटक फेरी ठुलो आशा पलाएको छ l यसपटक उपाधि जित्नुका साथै बिश्व क्रिकेटको डिभिजन ३ मा पुग्न सफल भएर सम्पूर्ण नेपाली खेलप्रेमीहरुलाई समेत गौरवान्वित पारिदिएका छन् नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले l आफुले खेलेका सबै प्रतियोगिताहरुमा फिल्डिंग,बलिंग र ब्याटिंग क्षेत्रमा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए l प्रतियोगितामा पाएको यो सफलताले नेपाललाई २०१५ मा हुने बिश्व कपमा छनौट हुनसक्ने सम्भावनालाई समेत कायमै राखेको छ l              

Monday, August 27, 2012

स्वास्थ्य जीवनकोलागि बदाम !



बदाम वनस्पतिबाट प्राप्त हुने प्रोटिनको एउटा सरल र सस्तो स्रोत हो l स्वास्थ्यकोलागि निकै फाइदा दायक हुनुका साथै जमिन मुनि फाल्ने एउटा स्वादिलो फल हो बदाम l यसमा प्रोटिनको मात्रा माछा मासुमा भन्दा १.३ गुणा, अण्डामा भन्दा २.५ गुणा र फलफूलमा भन्दा ८ गुणा बढी हुन्छ l साथै १०० ग्राम काँचो बदामबाट १ लिटर दुधबाट प्राप्त हुने बराबरको प्रोटिनको मात्रा प्राप्त हुन्छ l बदाममा २५ प्रतिशत भन्दा बढी नै प्रोटिनको मात्रा हुन्छ l  यसले पाचन शक्तिलाई पनि सशक्त पार्नमा सहयोग गर्दछ l २५० ग्राम भुटेको बदाममा जति मात्रामा खनिज र विटामिन पाइन्छ, त्यति मात्रामा खनिज र विटामिन २५० ग्राम माछा मासु समेत पाईदैन l यहाँ तल बदामबाट स्वास्थ्यमा हुने फाइदाहरुको बिषयमा चर्चा गरिएको छ l

स्वस्थ्य्कोलागी बदामबाट हुने प्रमुख लाभहरु: -
१. बदाममा न्‍यूट्रियन्‍स, मिनरल, एंटी-ऑक्‍सीडेंट र विटामिन आदि पदार्थ पाइन्छ, जुन स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छन l
२. बदाममा मोनो इनसेचुरेटेड फ्याटी एसिड पाइन्छ, यसले LDL वा खराब कोलेस्‍ट्रललाई घटाउने र स्वास्थ्यकोलागि राम्रो (फाइदाजनक) कोलेस्ट्रललाई बढाउछ l
३. बदाममा प्रोटिन, चिल्लो र Fiber समेत पाइन्छ l एउटा अण्डालाई तिर्नु पर्ने मुल्य बराबरको पैसाले बदाम किनेर खाने हो भने, एउटा अण्डा र दुधको संयुक्त रुपमाबाट पाइने प्रोटिन र हिट भन्दा बढी प्राप्त गर्न सकिन्छ l
४. बदाममा पाइने प्रोटिन दुधमा पाइने प्रोटिन जस्तै हुन्छ भने चिल्लो घ्यूमा पाइने चिल्लो जस्तै हुन्छ l त्यसैले बदामको सेवन गर्नाले शरीरलाई आवश्यक दुध र घ्युको पर्याप्त मात्रामा पूर्ति हुन्छ l
५. एउटा अध्ययनले प्रमाणित गरे अनुसार, रगतमा भएको अत्यधिक ट्राइग्लासेराइडको मात्रालाई नियमित बदामको सेवन गर्नाले १०.२ प्रतिशत सम्म ट्राइग्लासेराइड घटाउन सहयोग गर्दछ l
६. हाम्रो गाउँ घरमा खोकी लागेको समयमा बदाम खानु हुदैन भनिन्छ, तर खोकी लाग्दा बदामको सेवन गर्नु निकै उपयोगी हुन्छ l बदामले शर्दिमा शरीरलाई आवश्यक ताप दिनुका साथै यसले फोक्सोलाई आवश्यक शक्ति प्रदान गर्दछ l
७. खाना खाएको केहि समय पछी ५० देखि १०० ग्राम सम्म नियमित बदाम सेवन गर्ने हो भने, यसले स्वस्थ्यलाई धेरै फाइदा पुर्याउनुका साथै खाना पचाउनमा ठुलो सहयोग गर्दछ l यसले शरीरमा भएको रगतको कमीलाई पूर्ति गर्छ l
८. दुब्लो र कम्जोर व्यक्तिले नियमित ५० देखि १०० ग्राम बदम खाना खाएको केहि समय पछी सेवन गर्नाले मोटाउनलाई ठुलो सहयोग गर्दछ l
९. बदाम स्वादिलो हुनुका साथै पोसिलो पनि भएकोले यसलाई साग सब्जी, खिर, खिचडी आदिमा मिसाएर नियमित खान सकिन्छ l
१०. बदाममा तेलको मात्र हुने भएकोले बायु बिकर जस्ता रोगहरुबाट जोगाउदछ l
११. दैनिक एक मुठी बदाम सेवन गर्नाले हाम्रो शरीरलाई चाहिने पोशक तत्वहरु प्राप्त गर्न सकिन्छ l बदाममा भिटामिन K, E र B प्रसस्त मात्रामा पाइन्छ l
१२. बदामले पाचन शक्ति बढाउद छ, यो रुचिकर पनि हुन्छ, तर यसको अधिक सेवनले गरम प्रकृतिको व्यक्तिहरुलाई वेफाइदा पनि गर्दछ l
१३. कुनै पनि कुराको अधिक सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ l त्यस्तै बदाम पनि ज्यादा खानाले पित्त बढ्छ l यसले गर्दा यस बिषयमा बिशेष ध्यान पनि पुर्याउनु पर्दछ l

Saturday, July 28, 2012

फेरी बिश्व युद्ध शुरु भयो !!!...ओलम्पिक खेलकुदको

 लण्डन, अहिले केहि समय  पछी लण्डनमा उदघाटन हुदै छ, २७ औं ओलम्पिक गेम्स l यस पटक समेत गरेर तेस्रो पटक एकै शहर लण्डनमा ओलम्पिक गेम्स आयोजना हुदैछ l आधुनीक ओलम्पिक गेम्स १८९६ मा ग्रिस(एथेन्स)बाट शुरुवात भएको थियो l यो खेलकुदको महाकुम्भमा बिश्व भरिका अनेकौ राष्ट्रले सहभागिता जनाउदै छन् l आज हुने उदघाटन समारोह बिश्व भरिका अरबौं खेल प्रेमीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ l १९ दिन सम्म प्रतिस्पर्धा चल्ने ३६ वटा खेलमा हजारौ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउदै छन् l सहभागी सबै राष्ट्र र खेलाडीहरुले एक आपसमा प्रतिष्ठाको लडाई लड्ने यो खेलकुदको बिश्व युद्धमा को बिजयी हुने हो त्यो थाहा पाउन प्रतिक्षा नै गर्नु को विकल्प छैन अहिले l 


सन् १८९६ मा ग्रिस (एथेन्स)मा पहिलो आधुनिक ओलम्पिक खेलकुदको शुरुवात भएको थियो l पहिले ओलम्पिक खेलकुदको शुभारम्भ सन् १९०० मा पेरिस (फ्रान्स) मा हुने निर्णय भएको थियो, तर ४ वर्ष अगाडी नै १८९६ मा एथेन्स (ग्रिस)मा शुभारम्भ गरियो l 
पहिलो ओलम्पिक खेलकुदमा वेट लिफ्टिंग, जिम्नास्टिक, स्विमिंग, टेनिस, ट्रैक ऐंड फील्ड, साइकिलिंग, रेसलिंग आदि खेलहरु समावेस गरिएको थियो l पहिलो ओलम्पिक्स खेलकुदमा प्रथम हुने र दुतीय हुने खेलाडीहरुलाई मात्रै पदक र प्रमाण पत्र प्रदान गरिएको थियो l १४ देश र २४५ खेलाडीहरुले प्रतिष्पर्धा गरेको प्रथम ओलम्पिक्समा ग्रिसले आधिपत्य जमाएको थियो l 

बिगतमा सम्पन्न भएका ओलम्पिक्स खेलकुदका अमुल्य र आकर्षक फोटोहरु: